देशभरका स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल सेवा दिने टेलिकमको निर्णय

 जेठ ९, २०७८ आइतबार १६:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ । कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत एक महिना सित्तैमा भ्वाइस कल सेवा दिने भएको हो ।

यससम्बन्धी सम्झौतामा आइतवार (आज) नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिङ परिषद्/नेपाल फर्मासिस्ट परिषद्/नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको छ ।

यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरिरहनुभएको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्ट पेड/प्रिपेड सिम कार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ र स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्ट पेड मोबाइलको हकमा भने नियमअनुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ ।

स्वास्थ्यकर्मीको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरू (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपछि यो अफर उपलब्ध गराइने छ । 

स्वास्थ्यकर्मीको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिम कार्ड नहुने स्वास्थ्यकर्मीले नयाँ सिम कार्ड लिनका लागि सम्बन्धित परिषद्को आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमअनुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिनेछ ।  

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

9 Comments

  • Chhandu Lal Tharu

    June 2, 2021, 8 p.m.

    Thank you for the service.

  •  0 Reply
  • Ranjana Kumari das

    May 25, 2021, 8:37 a.m.

    Health workers

  •  0 Reply
  • Muna shrestha

    May 25, 2021, 7:30 a.m.

    Excellence

  •  0 Reply
  • Anima acharya

    May 24, 2021, 8:53 p.m.

    Nurse

  •  0 Reply
  • Yangshil Tamang

    May 24, 2021, 2:24 p.m.

    Good

  •  0 Reply
  • Niraj Chaudhary

    May 23, 2021, 9:59 p.m.

    Very good .

  •  0 Reply
  • Sunitakarki

    May 23, 2021, 7:55 p.m.

    Ntc freecall

  •  0 Reply
  • Dr Bhim Bahadur lama

    May 23, 2021, 5:54 p.m.

    Thanking in advance 9841452802

  •  0 Reply
  • Anju bhujel

    May 23, 2021, 5:49 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया