नक्कली स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीकाे छापा

 जेठ ९, २०७८ आइतबार १८:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रूपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलकाे  शीतल हाइटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायत सामग्री पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्र कुबेर खापुङले जानकारी दिनुभयो ।

स्वास्थ्यका लागि प्रतिकूल र निम्न गुणस्तरको स्यानिटाइजर उत्पादन तथा बिक्री/वितरण भइरहेको सूचनाको आधारमा छापा मारिएको उहाँले बताउनुभयो । एसएसपी खापुङले उत्पादित स्यानिटाइजर ल्याब टेस्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विषाक्त पाइएको पनि बताउनुभयो । 

​दोषीमाथि कानुनी कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो । यस कारखानालगायत मुख्य–मुख्य डिलर र सप्लायर्सलाई पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । प्रहरीले कारखानामा ३० हजार लिटर स्यानिटाइजर हुन सक्ने बताएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganga paudel

    May 23, 2021, 8:52 p.m.

    यस्तो कम्पनीलाई कारवाही त गर्नै पर्यो . साथै ब्रान्डको नाम खुलाइदिएको भए हामी प्रयोगकर्तालाई सहज हुन्थ्यो , धन्यवाद /

  •  0 Reply

तपाईको प्रतिक्रिया