कङ्गोमा ज्वालामुखी विस्फोट, ज्यान जोगाउन हजारौँ नागरिक रुवान्डा पुगे

 जेठ ९, २०७८ आइतबार १९:५०:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अधिकारीहरूले ज्वालामुखी विस्फोट हुँदा फैलिएको लाप्काको असर गोमा सहर नजिकसम्म आइपुगको बताएका छन् ।

लाप्काका कारण कङ्गोको पूर्वमा रहेको सहर गोमाको उत्तरमा केही घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ज्यान बचाउनका लागि भाग्ने क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको कङ्गोका अधिकारीहरूले बताएका छन् । सहरको पूर्वमा रहेको विमानस्थल नजिक पुगेर लाप्का बग्ने क्रम रोकिएको बताइएको छ । 

२० लाख जनसङ्ख्या रहेको गोमा सहरबाट झन्डै १० किलोमिटरको दुरीमा ज्वालामुखी विस्फोट भएको हो । शनिवार माउन्ट निरागोन्गोमा ज्वालामुखी विस्फोट भएको थियो र त्यसबाट टनका टन लाप्का निस्किएर आसपास फैलिएको थियो । 

ज्वालामुखी विस्फोटपछि मानिसहरू आफ्नो सामान लिएर सडकमा भागेका देख्न सकिन्थ्यो । लाप्काबाट बच्न हजारौँ नागरिक छिमेकी देश रुवान्डातर्फ गएको र केही नागरिक सहरको पश्चिमी क्षेत्रतर्फ भागेको अधिकारीहरूले बताएका छ । 

ज्वालामुखी विस्फोटपछि झन्डै तीन हजार नागरिक सीमा पार गरेर रुवान्डा आएको त्यहाँका अधिकारीहरूले बताएका छन् । भागेर आएका नागरिकका लागि अस्थायी रूपमा विद्यालय र धार्मिक भवनमा व्यवस्था गरिएको रुवान्डाको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २००२ मा पनि कङ्गोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यस बेला दुई सय ५० जनाको ज्यान गएको थियो भने हजारौँ घर नष्ट भएका थिए र एक लाख २० हजार नागरिक घरविहीन भएका थिए ।   

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया