मोडर्नाले पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप नदिने

 जेठ १०, २०७८ सोमबार ८:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ । कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्ने भन्दै खोप दिन अस्वीकार गरेको बीबीसी हिन्दीले लेखेको छ ।

अधिकारीहरूका अनुसार पञ्जाब सरकारले खोप खरिदका लागि सबै खोप उत्पादकहरुसँग  सम्पर्क गरिरहेको छ । ‘पञ्जाबले स्पुतनिक भी, फाइजर र जोनसन एण्ड जोनसन जस्ता खोपहरूसहित विश्वव्यापी टेन्डरमार्फत् सम्भव सबै स्रोतबाट खोपहरू किन्ने सम्भावना अध्ययन गरिरहेको खबरमा उल्लेख गरिएको छ ।  

खोप अभाव भएपछि पञ्जाबले पहिलो र दोस्रो चरणको खोप अभियान तीन दिनअघि स्थगित गरेको थियो । यसैबीच भारतमा गएको २४ घण्टामा चार हजार चार सय ५५ जनाको कोरोनाका कारण ज्यान गएको छ । दुई लाख २२ हजार ८ सय ३५ नयाँ सङ्क्रमित थपिएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि भारतमा कोरोनाका कारण हुने मृत्युदर कम हुन सकेको छैन ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया