देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप १२ जनालाई एमालेले स्पष्टीकरण साेध्याे

 जेठ १०, २०७८ सोमबार १९:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जनालाई पनि स्पष्टीकरण सोधेको छ ।  

झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि एमालेले कारबाही प्रक्रिया अघि बढाएको हो । आज नेकपा एमालेका २३ सांसदले आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएर सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा हस्ताक्षर गरेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने रिट निवेदनमा उनीहरुले हस्ताक्षर गरेका हुन् । 

रिट निवेदनमा भनिएको छ, ‘असंवैधानिक रूपमा विघटन भएको प्रतिनिधि सभालाई पुनर्स्थापना गरी प्रतिनिधि सभाको सदस्यको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको लागि म निवेदकमध्येका शेरबहादुर देउवालाई राष्ट्रपतिसमक्ष पेस गरेको मिति २०७८ जेठ ७ गतेको विश्वासको आधारमा प्रधानमन्त्री नियुक्त गर्नू ।’

यसैबीच एमालेले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । साेमवार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो । 

गएको वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेका २७ सांसद अनुपस्थित भएका थिए । गएको शुक्रवार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न २७ सांसदले हस्ताक्षर गरेको भए पनि सर्वोच्चमा रिट दायर गर्ने समयमा २३ सांसद मात्रै उपस्थित भएका हुन् ।    

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया