बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छाेरीको ज्यान गयो

 जेठ ११, २०७८ मंगलबार १२:०:२४ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आमा छाेरीकाे ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ सरखुल खपतपुरकी ३७ वर्षकी चन्द्रा विकको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

मृतक चन्द्राकी छाेरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल काेहलपुर लगिएकोमा बिहान उपचारका क्रममै ज्यान गएकाे निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताउनुभयाे । घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी तीन वर्षकी छोरी दीपिकालाई गयराति हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठसहितको टोली आज घटनास्थल पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया