टाटा कम्पनीले भारतमा कोरोनाका कारण ज्यान गुमाएका कर्मचारीको परिवारलाई नियमित तलब दिने

 जेठ ११, २०७८ मंगलबार १९:१५:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – टाटा स्टिल कम्पनीले भारतमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर उपलब्ध गराउने भएको छ ।

कम्पनीमा कार्यरत तथा महामारीका कारण ज्यान गुमाएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारलाई नियमित रूपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्ने टाटा कम्पनीको बजार व्यवस्था शाखालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै कम्पनीले कोरोनाका कारण ज्यान गुमाएका कर्मचारीका सन्तानको स्नातक तहसम्मको अध्ययन खर्च पनि बेहोर्ने जनाएको छ ।   

टाटा कम्पनीले याे घोषणा सामाजिक सञ्जाल ट्विटरमार्फत पनि जानकारी गराएको छ । कम्पनीको यस घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया