कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान पारदर्शी बनाउन डब्लूएचओलाई अमेरिकाको सुझाव

 जेठ १२, २०७८ बुधबार ११:३०:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई सुझाव दिएको छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गर्नुभएको हो । उहाँले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने बताउनुभएका बीबीसीले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पत्ति चीनको प्रयोगशालाबाट भएको र त्यहीँबाट चुहावट भएर विश्वव्यापी महामारीको रुप लिएको हुन सक्ने आशंकामा थप बल पुगेको दाबी गरिरहेका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म विश्वभर १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् । कोराेनाका कारण विश्वभर ३४ लाख ७२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया