भारतले भन्यो– ‘नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला’

 जेठ १२, २०७८ बुधबार १३:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधवार सञ्चारमाध्यमले सोधेका प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्र प्राप्त भएको र त्यो आन्तरिक मामिला भएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘नेपालमा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमलाई हामीले आन्तरिक मामिलाका रुपमा लिन्छौँ र यस विषयमा नेपालले आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट यसको समाधान गर्नुपर्छ ।’

एक छिमेकी र साथी भएकाले भारतले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ । 

नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर भारतको तर्फबाट विदेश मन्त्रालयको धारणा आएको हो ।  

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया