डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै मात्रा खोप लगाइसक्ने भारतको दाबी

 जेठ १३, २०७८ बिहिबार ६:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले आउँदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइ सक्ने दाबी गरेको छ । आउँदो जुलाईसम्म खोपको अभाव अन्त्य हुने र डिसेम्बरसम्ममा ६० करोड मानिसलाई लगाइसक्ने स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएनआइले जनाएको छ ।

भारतको जनसङ्ख्या धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने मन्त्रालयको भनाइ छ । भारतको प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा. नरेश त्रेहानले झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति कम भइ महामारी न्यून हुने विश्वास व्यक्त गर्नुभएको छ ।

भारतमा अहिलेसम्म २० करोड डोज खोप लगाइएको बताइएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार आठ सय ४२ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया