७४ वर्षका वृद्ध बाघलाई खुर्पाले हानेर बच्न सफल

 जेठ १३, २०७८ बिहिबार ७:५२:३४ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । हिजो बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका लालबहादुर थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।

थारुले आफ्नो साथमा रहेको खुर्पाले हानेर बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया