गुप्तचर निकायलाई बाइडेनकाे निर्देशन : कोरोना उत्पतिबारेमा ९० दिनभित्र प्रतिवेदन पेस गर्नु

 जेठ १३, २०७८ बिहिबार ९:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिनुभएको छ । कोरोना भाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको विषयमा विवाद र आशङ्का बढिरहेका बेला अमेरिकी राष्ट्रपतिले अध्ययन गर्न निर्देशन दिनुभएको हो ।

अमेरिकी गुप्तचर निकायले केही दिनअघि कोरोना भाइरस चीनको एउटा प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने प्रतिवेदन तयार पारेको थियो । कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर चीनको हुवेई प्रान्तको वुहानमा पहिलोपटक पुष्टि भएको हो । वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस वुहानमा रहेको प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आशङ्का गर्दै आएका छन् ।

गएको महिना विश्वस्वास्थ्य सङ्गठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना कम रहेको बताएको थियो । अमेरिकाले डब्ल्यूएचओसँग भएको स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा अबको अनुसन्धान थप पारदर्शी हुनु पर्ने बताइसकेको छ । राष्ट्रपति बाइडेनले कोरोना भाइरसको उत्पतिका सम्बन्धमा हुने अनुसन्धान पारदर्शी हुनुपर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया