पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - विश्वमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ करोड नाघेको छ । वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वका १५ करोड सात लाखभन्दा धेरै मानिस कोरोना सङ्क्रमण पुष्टि भएर सङ्क्रमण मुक्त भइसकेका छन्।
कतिपय मानिसले कोरोना परीक्षण नै नगराइ निको हुने भएकोले यो सङ्ख्या अझै धेरै हुने विज्ञहरु बताउँछन् । पुष्टि भएकामध्ये निको हुनेको दर ८९ दशमलव १३ प्रतिशत रहेको छ । अहिलेसम्म विश्वमा १६ करोड ९० लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३५ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
अहिले विश्वमा एक करोड ४७ लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित छन् । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वका दुई सय २० देश तथा शासित क्षेत्रहरुमा पुगिसकेको छ । कोरोना नियन्त्रणका लागि अहिले पनि धेरै देशले निषेधाज्ञा, लकडाउनलगायत विभिन्न प्रतिबन्धहरु कायम राखेका छन् ।
धेरैजसो देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि सुरु भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।