भारतमा चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गयो, कयौँ विस्थापित

 जेठ १३, २०७८ बिहीबार १०:५६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन भएका समाचारसंस्था रोयटर्सले जनाएको छ ।

बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण तीव्र हावाहुरीसहित ठूलो वर्षा भइरहेको छ। घरहरू भत्किएका छन् भने ठूलाठूला छालले तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ।

पश्चिम बङ्गालमा मात्रै तीन लाख घरहरु भत्किएका मुख्यमन्त्री ममता बेनर्जीले बताउनुभएको बीबीसीले जनाएको छ । अहिले चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको भारतीय मौसम विभागले जनाएको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडू राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने भारतको मौसम विभागले जनाएको छ ।

कोरोना महामारीकै बीचमा आएको आँधीले समस्या थपेको छ । दश लाखभन्दा धेरै विस्थापितलाई राख्नुपर्दा सामाजिक दूरी कायम गर्न कठिन भइरहेको छ । भारतमा अघिल्लो हप्ता आएको ताउ–ते नामको चक्रवातले पश्चिम भारतमा एक सय ५० जनाभन्दा धेरैको ज्यान लिएको थियो ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया