देशका धेरै नदी तथा खोलामा बाढी, आज पनि धेरै ठाउँमा झरी पर्ने

 जेठ १४, २०७८ शुक्रबार ७:१०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगातारजसो परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ ।

अहिले बुढीगण्डकी नदीमा बाढी आएको छ । तर नदीमा पानीको सतह बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत नदीमा पनि बाढी आएको छ । यस्तै, वाग्मती प्रदेश र प्रदेश नम्बर १ र २ का केही ठाउँमा पनि ठूलो वर्षा भएको छ । यस्तै सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माण भइरहेको मोटेरेबल पुल बगाएको छ ।

चम्पादेवी गाउँपालिका-१ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो । गण्डकी, वाग्मती र लुम्बिनी तथा प्रदेश-१ र २ का केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रका नदी तथा खोलाको आसपासमा रहेकाहरुलाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

बङ्गालको खाडीमा  विकसित भएको चक्रवातको असरका कारण अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको हो ।  भोलि बेलुकादेखि भने पानी पर्न केही कम हुने अनुमान गरिएको छ । पर्सि आइतवार र सोमवार पानी पानी नपर्ने तर त्यसपछि भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतवार र सोमवार मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । त्यसपछि भने नेपालमा  न्यूनचापीय रेखाको प्रभावका कारण पानी पर्न सक्ने उहाँले बताउनुभयो । मनसुन नजिकिँदै गरेकाले प्रि-मनसुनका गतिविधि थप सक्रिय हुँदै जाने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: जेठ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bikram Shrestha Zoowa

    May 28, 2021, 10:41 a.m.

    बाढीको आधिकारीक जानकारीका लागि www.hydrology.gov.np तथा Nepal Flood Alert व्टिटर पेज हेर्न हुन अनुरोध छ । किनभने जानकारी गराईए अनुसार जेठ १४ विहान बुढी गण्डकीमा सामान्य बहावमा वृद्धि भएको तर बाढीको रुपमा नामाकरण गर्न उपयुक्त देखिंदैन । सामान्यतया बाढीको प्राविधिक अर्थ नदी किनाराभन्दा जलसतह बढ्नु हो जुन अवस्था उक्त नदी लगायत नारायणी, राप्ती, कर्णाली, वागमती कुनैमा नरहेको हुँदा बाढी शव्दको अपव्याख्या भएको पाइयो ।तसर्थ जनमानसमा पर्न सक्ने अस्वाभाविक बुझाईलाई ध्यानमा राखी नकारात्मक सन्देश जानबाट सतर्क रहन यो प्रतिकृया जनाएको छु। बाढी पूर्वानुमान शाखा जल तथा मौसम विज्ञान विभाग

  •  0 Reply

तपाईको प्रतिक्रिया