भारतमा ४४ दिनपछि कोरोनाकाे नयाँ सङ्क्रमण घट्यो, सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या धेरै

 जेठ १४, २०७८ शुक्रबार ११:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा ४४ दिनपछि कोरोना भाइरसको सङ्क्रमण घटेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले कोरोनाका ४४ दिनपछि नयाँ सङ्क्रमित घट्न थालेको बताएको छ । गएको २४ घण्टामा भारतमा एक लाख ८६ हजार ३ सय ६४ जना नयाँ बिरामी थपिएका छन् ।

यही अवधिमा दुई लाख ५९ हजार चार सय ५९ जनाले कोरोनालाई जितेका छन् । यस्तै, गएको २४ घण्टामा ३ हजार ६ सय ६० जनाको कोरोनाका कारण ज्यान गएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार रहेको छ ।

भारतमा अहिलेसम्म दुई करोड ७५ लाख ५५ हजार ४ सय ५७ जना सङ्क्रमित भएका छन् भने ३१ लाख ८ हजार ८ सय ९५ जनाको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया