अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्ताव

 जेठ १५, २०७८ शनिबार १४:४७:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको लागि  ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गर्नुभएको छ ।

बजेट अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने किसिमको रहेको राष्ट्रपति बाइडेनले दाबी गर्नुभएको बीबीसीले जनाएको छ । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिर्नुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

कोरोना महामारीले समस्या पारेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै प्रशंसा पाउनुभएको थियो । यो वर्षको अनुमानित घाटा तीन दशमलव सात ट्रिलियन डलर पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा एक दशमलव आठ ट्रिलियनमा झर्ने उल्लेख छ ।

महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । बजेटमा आठ सय अर्ब डलरभन्दा धेरै रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ उर्जामा लगानी गर्नका लागि छुट्याइएको छ भने दुई सय अर्ब पूर्व-प्राथमिक विद्यालयमा जाने तीन/चार वर्ष उमेरका बालबालिकालाई नि:शुल्क विद्यालयको व्यवस्था गर्न छुट्याइएको छ ।

बजेट कार्यान्वयनका लागि अमेरिकी संसद काँग्रेसबाट पारित हुनुपर्छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया