तेल तस्करी आराेपमा इन्डाेनेसियाले नियन्त्रणमा लिएकाे इरानकाे जहाज ४ महिनापछि छाेडिदियाे

 जेठ १५, २०७८ शनिबार १५:५५:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी/आईआएएनए

काठमाण्डाै – यस वर्षको जनवरी महिनामा कच्चा तेलको तस्करीको आरोपमा इन्डोनेसियाले नियन्त्रणमा लिएको इरानको जहाज छोडिदिएको छ । शनिवार इन्डोनेसियाली अधिकारीहरु र इरानको सरकारी मिडियाले यसको जानकारी दिएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इन्डोनेसियाली कोस्ट गार्डका प्रवक्ता विष्णु परमन्दिताले एमटी हर्स नामको त्यस जहाजलाई अदातलको फैसलापछि शुक्रवार छाडिएको हो ।

अदालतको आदेशमा त्यस जहाजलाई छोड्न सकिने तर जहाजका कप्तानलाई विना कुनै जरिबाना दुई वर्षका लागि प्रोवेशन (परीक्षणकाल) का लागि राख्न सकिने उल्लेख गरिएको प्रवक्ता परमन्दिताले बताउनुभयो ।

इरानी सरकारी मिडियाले पनि जहाज आफ्नो काम पूरा गर्न इन्डोनेसियाबाट हिँडेको र त्यसपछि इरान फर्किने जनाएका छन् । 

यस वर्षको जनवरी २४ मा एमटी हर्स जहाजले आफ्नो देशको समुद्री सीमाभित्र रहेर तेलको तस्करी गरेको भन्दै इन्डोनेसियाले नियन्त्रणमा लिएको थियो ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया