नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई

 जेठ १७, २०७८ सोमबार १४:१८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पाएको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय भएको कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

नयाँ कम्पनीका लागि हिमालयनसँगै प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाण्डाै रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले निवेदन दिएका थिए । अहिलेसम्म नेपालमा नेपाल पुनर्बीमा कम्पनी मात्रै रहेकोमा अब अर्को पनि थपिने भएको हो ।

लाइसेन्स प्राप्त गरेको हिमालयन पुनर्बीमा कम्पनीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष भवानी राणा, नेपाल परिसङ्घका अध्यक्ष सतीशकुमार मोरसहित विभिन्न ठूला व्यापारिक घरानाको लगानी रहेको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया