शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्याे

 जेठ १७, २०७८ सोमबार १५:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से साेमवार (आज) घटेको छ । कारोबार भएका सबै कम्पनीको शेयर ओरालो लागेपछि नेप्से ४५ दशमलव २५ अङ्कले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा झरेको छ । 

बैंकिङ समूहको शेयर आज १९ अङ्कले घटेको छ । यस्तै व्यापारको एक सय ६८ अङ्कले, विकास बैंकको ५७ अङ्कले, जलविद्युतको एक सय २९ अङ्कले, निर्जीवन बीमाको तीन सय ८० अङ्कले, जीवन बीमाको तीन सय ५६ अङ्कले र उत्पादन समूहको शेयर एक सय तीन अङ्कले घटेको छ । 

आज कारोबार रकम पनि घटेको छ । आइतवार १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा सोमवार १३ अर्ब ९० करोड रुपैयाँ बराबरकाे तीन करोड आठ लाख कित्ता शेयर किनबेच भएकाे छ । सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको ९१ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो । 

आज वरुण हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि राधी जलविद्युत् र सेन्ट्रल फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया