आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई खोप दिने भारतको लक्ष्य

 जेठ १८, २०७८ मंगलबार ८:४०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले खोपको उपलब्धता बढाएर आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।

कोरोनाविरुद्धको खोपका  लागि गठन गरिएको टास्क फोर्सका अध्यक्ष डाक्टर एनके अरोडाले अगस्टसम्ममा भारतमा नै उत्पादन भएको २५ करोड खोप उपलब्ध हुन सक्ने बताउनु भएको छ । यही जुन महिनाको अन्त्यसम्ममा सिरम इन्स्टिच्युट अफ इण्डियाले खोप उत्पादन ५० प्रतिशतले बढाउने तयारी गरेको उहाँले बताउनु भएको छ ।

यसपछि खोप उत्पादक कम्पनीले प्रतिमहिना १० देखि १२ करोड खोप उत्पादन गर्न सक्ने उहाँको भनाइलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । यस्तै, विदेशी कम्पनीका फाइजर र मोडर्नासँगै रुसको स्पुतनिक 'भी' पनि आपूर्ति गरिने हुँदा आउँदो अगस्टसम्ममा भारतमा २० देखि २५ करोड डोज खोप उपलब्ध हुने खबरमा उल्लेख गरिएको छ । केही दिनयता भारतमा कोरोना भाइरसको सङ्क्रमणदर घट्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया