आउँदो वर्ष भारतको अर्थतन्त्र ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

 जेठ १९, २०७८ बुधबार १०:७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको अर्थतन्त्र आउँदो वर्ष नौ दशमलव तीन प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले सन् २०२२ मार्चको अन्त्यसम्ममा भारतको कूल गार्हस्थ्य उत्पादनमा सुधार आइ आर्थिक वृद्धिद्धर बढ्ने जनाएको समाचारसंस्था एएनआईले जनाएको छ ।

सन् २०२० मा कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्र संक्रमण कम हुनासाथ सक्रिय भएको थियो । कोरोनाको दोस्राे लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पनि गति लिने प्रतिवेदनमा उल्लेख छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोरोनाको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।

मुडिजले कोराेनाको दोस्रो लहर जुन महिना भन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभएमा भारतको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने जनाएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया