भक्तपुरमा ‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान सुरु

 जेठ २०, २०७८ बिहिबार १७:०:१९ | रासस
unn.prixa.net

भक्तपुर – काेभिड–१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्त रूपमा कोभिड–१९ नियन्त्रण अभियान नै चलाएका छन् । 

‘सेवा परमो धर्म’ ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान सुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताउनुभयो । कोभिड सङ्क्रमितको उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्य परिचारिकाका लागि विशेष किसिमको क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याइएको र त्यसमा अक्सिजनको समेत व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । 

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टर चाँगुनारायण इन्जिनियर कलेज नेकसँग सहकार्य गर्दै आइसोलेशन केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिनुभयो ।

परमो धर्म अभियानले जेठको पहिलो हप्तादेखि कोभिडका बिरामीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको र सेवा चाहिएमा हटलाइन नम्बर ९८६१७५६४६१ मा सम्पर्क गर्न उहाँले आह्वान गर्नुभयो । भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको मानन्धरले जानकारी दिनभुयो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया