अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहन्छौँ : रुस

 जेठ २२, २०७८ शनिबार ९:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदाे महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताउनु भएको हो ।

दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रुसले आउँदाे दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो । रुसका विपक्षी नेता एलेक्से नाभाल्नीलाई पक्राउ गरी अनावश्यक यातना दिएको भन्दै अमेरिकाले पुटिन सरकारको आलोचना गरेको थियो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा पनि रुसको संलग्नता रहेको अमेरिकाले आराेप लगाए पनि दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको थियो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया