कर्णाली र प्रदेश-१ को बजेट अधिवेशन आजदेखि

 जेठ २४, २०७८ सोमबार ९:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कर्णाली प्रदेश र प्रदेश-१ को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

आर्थिक कार्यविधि ऐनअनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भए पनि त्यसलाई अध्यादेशमार्फत संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन्। 

गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश-१ का प्रमुख सोमनाथ अधिकारीले आज दिउँसो २ बजेको लागि बजेट अधिवेशनकाे आह्वान गर्नुभएको छ । 

त्यस्तै, कर्णाली प्रदेशको समेत बजेट अधिवेशन पनि आजदेखि सुरु हुँदैछ । केही दिनअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको बजेट अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो । 

प्रदेश सभाको आठौं (वर्षे) अधिवेशनकाे पहिलो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया