जर्मनी सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाण्डौ आइपुग्याे

 जेठ २५, २०७८ मंगलबार १२:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - कोरोना महामारी नियन्त्रणका लागि जर्मनी सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाण्डौ आइपुगेको छ ।

नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली सङ्घको बृहत् ईयू सोलिडारिटी प्याकेज अन्तर्गत आएका ती स्वास्थ्य सामग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो । जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित आइसोलेशन टेन्ट, ३० हजार सर्जिकल मास्क, २७ हजार पाँच सय केएन नाइन्टी फाइभ मास्क, २५ हजार लिटर ह्यान्ड स्यानिटाइजर लगायत रहेका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया