नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
नवलपरासी – सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ ।
विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो ।
विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो ।
यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिनुभयो ।
खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् ।
सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हँुदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हँुदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।
यद्यपि भारतीय भूमि हँुदै सुस्ता पुग्न निकै सहज मानिन्छ । यतिबेला भारतीय पक्षले सो सडक सञ्जालमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हँुदै नेपालतर्फ आउने र भारतीय भूमि हँुदै सुस्ता जानसमेत निकै समस्या छ ।
भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा पछिल्लो पटक सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
पटक पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारतीय पक्षबीच विवाद सिर्जना भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरुबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो ।
यद्यपि अहिले भारतीय पक्षले भारतीय सुरक्षाकर्मीको आडमा भारतीयहरुले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा भारतीय पक्षबाट सहमति उल्लघन गर्न खोजिएको संविधानसभाका पूर्वसदस्य देवकरण कलवारले जानकारी दिनुभयो ।
सङ्घीय संरचनाअनुसार सुस्ता गाउँ वर्तमान अवस्थामा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा न ५ मा पर्दछ ।
यसबारे स्थानीय रुपमा तत्काल दुवै देशका सुरक्षाकर्मीहरुको सहजीकरणमा विवाद समस्या समाधान गर्न पहल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।
भारतीय भूमि हुँदै नेपाल आउन भारतीय पक्षले सडक सञ्जालमा खाल्टो खनेपछि यातायातका सवारी साधन चल्ल सकेको छैन । वर्षामा नारायणी नदीमा डुङ्गाको प्रयोग गर्दा जोखिम पूर्ण यात्रा गर्न सुस्तावासी बाध्य छन् । सुस्ता गाउँमा करीव दुई हजार पाँच सय जनङ्सख्या छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।