रामदेवले भने, ‘काेराेना खाेप लगाउँछु, डाक्टरहरू 'देवदूत' हुन्’

 जेठ २८, २०७८ शुक्रबार ११:१३:३८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एलोपेथी (चिकित्सकीय प्रणाली) उपचार विधि र डाक्टरहरूको विरोधमा बोलेका बाबा रामदेवले अब कोभिड–१९ खोप लगाउने बताएका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार बिहीवार बाबा रामदेवले चाँडो भन्दा चाँडो कोरोना खोप लगाउने बताएका हुन् । साथै उनले ‘डाक्टर पृथ्वीमा देवदूत’ भएको पनि बताए ।

यसअघि रामदेवले योग र आयुर्वेद अपनाएका कारण आफू सुरक्षित रहेको र आफूलाई कोभिड–१९ को खोपको कुनै आवश्यकता नभएको बताएका थिए । 

जुन २१ तारिखदेखि सबैलाई सित्तैमा कोरोना खोप दिने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको स्वागत गर्दै रामदेवले यसलाई सरकारको ऐतिहासिक कदम भएको बताएका छन् । 

उनले सबैलाई कोरोना खोप लगाउन अपिल गर्दै आफूले पनि चाँडै नै खोप लगाउने बताएका थिए ।  

पीटीआईका अनुसार हरिद्वारमा रामदेवले संवाददाताहरुसँग भने, ‘कोरोनाको दुवै डोज लगाएर योग र आयुर्वेदको सहयोगमा कोरोनाविरुद्ध दुई गुणा बढी सुरक्षा प्राप्त गर्न सकिन्छ । यो दुवैले बलियो सुरक्षा कवचको काम गर्छन् ।’

यसअघि रामदेवले एलोपेथी चिकित्सा पद्धतिमाथि प्रश्न गर्दै एलोपेथिक औषधि खाँदा लाखौँ मानिसको ज्यान गएको भन्ने विवादास्पद टिप्पणी गरेका थिए ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया