भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ । प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजाे नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् । नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्ति बिहीवार विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले नयाँ मुख्यमन्त्रीको लागि बहुमतसहित दाबी गर्न समय दिनुभएको हो । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो ।
कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।