साउदी अरबले हजमा तीर्थयात्रीका लागि मापदण्ड तोक्यो, यसपालि ६० हजारलाई मात्रै अनुमति

 जेठ ३०, २०७८ आइतबार ८:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको  छ । विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ ।  तर, हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् । त्यसैगरी हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ । गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरु हज जान पाउने छैनन् । यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ ।

आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया