पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर, जेठ १८ – ३ नम्बर प्रदेशले शुक्रबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमा संसदमा प्रस्तुत गरेको छ ।
३ नम्बर प्रदेशले शुक्रबार आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुइवटा योजनालाई गौरवका योजनाको रुपमा अगाडि सारेको छ । प्रदेशको चक्रपथमा रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली–काभ्रे जिल्लाहरु जोड्ने तयारी छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम तयार पारिएको हो । कुलेखानीसम्मको सुरुङ मार्ग निर्माण, हेटौंडा अस्पताललाई स्तरवृद्धि गर्ने काम, दाईजोरहित विवाहजस्ता योजनालाई ३ नम्बर प्रदेशले नीति तथा कार्यक्रममा महत्वपूर्ण योजनाहरुको रुपमा समेटेको छ ।
तीन नम्बर प्रदेशका प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुत्रबार संसदमा पालैपालो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।नीति तथा कार्यक्रममा हेटौंडा–काठमाडाै छोटो दूरीको मार्ग अन्तरगत भिमफेदीलाई पनि बढी प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा पारदर्शी, मर्यादित र सक्षम प्रशासन, विकास र समृद्धिको आधार सुशासन भन्ने नाराकासाथ प्रशासकीय सुधारका कार्यहरु सञ्चालन गरिनेछ । सुशासन कायम गर्न र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न कठोर नीति ल्याइनेछ । यसैगरी हेटौंडा–फाखेल–फर्पिङ सडक, भिमफेदी–कुलेखानी सुरुङ्ग खण्ड, काठमाडौं साँखु–फट्केश्वर सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिईनेछ । प्रदेशलाई दाइजोरहित बनाउन सबै जनप्रतिनिधि एवं राष्ट्रसेवकले दाइजो नलिने नदिने नीति अवलम्बन गरिने तयारी छ ।
सामाजिक व्यवहार सुधार ऐनलाई कडाइकासाथ पालना गराइने बताइएको छ । स्थानीय तहसँगको सहकार्यमा वि.सं.२०७८ सम्ममा यस प्रदेशलाई बालविवाहमुक्त बनाइनेछ । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम सञ्चालन मार्फत लोकमार्गदेखि स्थानीय तहको मुकामसम्मका सडकलाई स्तरोन्नती गर्दै आउने पाँच वर्षभित्र कालोपत्रे गरिने योजना छ ।
शिक्षामा गुणस्तर र पहुँचमा समानता स्थापित गरी विभेदकारी शिक्षाको अन्त्य गर्न शैक्षिक गुणस्तर सुदृढिकरण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
प्रदेशको समृृद्धिको लागि औद्योगिकीकरण, व्यवसाय प्रर्वद्धन लगायतका क्षेत्रका लागि आवश्यक सीप तथा प्रविधियुक्त जनशक्ति उत्पादन गर्न बहुप्राविधिक महाविद्यालयको स्थापना गरिनेछ । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक प्रोत्साहन कोष, प्रादेशिक वैज्ञानिक आविस्कार केन्द्र स्थापना गरिनेछ ।
प्रदेशमा बालश्रमलाई पूर्ण निषेध गरिने तयारी पनि सरकारको छ । विक्रम सम्बत २०८५ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइनेछ ।
सरुवा रोग एवं महामारीको रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिइने तयारी छ । प्रत्येक स्थानीय तहमा १५ देखि ५० शैयाको अस्पताल, प्रादेशिक निर्वाचन क्षेत्रमा आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत अन्य पुरक चिकित्सा र प्रचलित परम्परागत उपचार सेवालाई विस्तार गरिनेछ । स्वास्थ्य प्रवद्धन, रोगको रोकथाम र नियन्त्रणका लागि यस प्रदेशलाई खुला दिशामुक्त घोषणा गरिनेछ ।
उद्योग विकास तथा लगानी प्रवर्द्धन कोष खडा गरिनेछ । सम्पदा पर्यटन प्रवर्द्धनका लागि फर्पिङस्थित नेपालको पहिलो विद्युत गृह चन्द्रज्योति विद्युतगृह, सुन्दरीजल जलविद्यूत गृह, पहिलो मानव निर्मित चुरिया सुरुङ जस्ता ऐतिहासिक सम्पदालाई राष्ट्रिय सम्पदा घोषणा गरी पर्यटन प्रवद्धनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिने तयारी सरकारको छ ।
सफा नदी, सभ्य शहर कार्यक्रम अन्तरगत प्रदेशभित्रका प्रमुख तथा सहायक नदी प्रणाली, नदी वेसिन क्षेत्रमा नदीको वास्तविक क्षेत्र र वहाव क्षेत्र निर्धारण र संरक्षण, नदी क्षेत्रको एकिकृत उपयोग सहित पर्यावरण संरक्षणका लागि रिभरफ्रन्ट परियोजना विकास र कार्यान्वयन गरिनेछ ।
आउँदो तीन वर्षभित्र प्रदेशलाई प्लाष्टिक झोलामुक्त बनाइनेछ । काठमाडौ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने जनाइएको छ आउँदो तीन वर्षभित्र यस प्रदेशका सम्पूर्ण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्पन्न गरिने सरकारको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।