खुल्यो भीमदत्त राजमार्ग

 जेठ ३०, २०७८ आइतबार १९:५७:५० | विमल बिष्ट
unn.prixa.net

डोटी – पहिरो झरेर बन्द भएको अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्ग खुलेको छ । शनिवार रातिदेखिको लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका १ गैरामा पहिरो खस्दा भीमदत्त राजमार्ग आज (आइतवार) बिहानदेखि बन्द भएको थियो । 

सडक माथिबाट आएको पहिरोका कारण बिहान ६ बजेदेखि बन्द भएको राजमार्ग अहिले पहिरो पन्छाएर सञ्चालनमा आएको प्रहरी चौकी गैराले जनाएको छ । 

राजमार्ग बन्द हुँदा अलपत्र परेका यात्रु अहिले आ–आफ्नो गन्तव्यतिर लागेका प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया