माओवादीकाे जागरण अभियान नवलपुरबाट फेरि शुरू

 वैशाख २, २०८२ मंगलबार १८:२४:५५ | रासस
unn.prixa.net

नवलपरासी – नेकपा (माओवादी केन्द्र) ले हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज गैँडाकोटमा विभिन्न कार्यक्रम भएका छन् ।

टोलीले बिहान झन्डै ५ किलोमिटर 'मर्निङ वाक' गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । अभियानका क्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैँडाकोट–८ लखन चोकमा रहेको शहीद लखन थापाको सालिकमा माल्यार्पण गर्नुभयो । अभियानका क्रममा अध्यक्ष प्रचण्डले शहीद परिवार, शुभेच्छुकलगायतसँग भेटघाट र कुराकानीसमेत गर्नुभएको छ ।

देवचुली नगरपालिकाको रजहर, जिल्लाको सदरमुकाम कावासोतीलगायतका ठाउँमा पनि कार्यक्रम भएका छन् । रजहरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीयस्तरमा स्वास्थ्यका पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताउनुभयो ।

झापाबाट शुरू भएको अभियान गएको चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । नयाँ वर्षको पहिलो दिन हिजो नवलपुरको गैँडाकोटबाट माओवादीले अभियानलाई फेरि निरन्तरता दिएको हो । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया