मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रूपमा सफल : मन्त्री पाैडेल

 वैशाख २, २०८२ मंगलबार १८:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रूपमा सफल भएको बताउनुभएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाण्डौमा मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनको अवसरमा मन्त्री पाैडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले आउँदो बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्नेसमेत जानकारी दिनुभयो ।

सिमुलेसन ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ । मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरूका लागि चिकित्सकीय विधिहरूको अभ्यास गर्न यो प्रयोगशालाले सहजता ल्याउने अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया