पूर्वप्रधानमन्त्री खनालको अक्सिजन 'सपाेर्ट' मा उपचार हुँदै

 जेठ ३१, २०७८ सोमबार १७:२२:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सपाेर्ट (सहयोग) मा उपचार भइरहेको छ । 

गएकाे नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलीमा रहेकाे नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्राे हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा कोभिडपछिको समस्या हुन सक्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया