अब साउदी अरबका महिला एक्लै पनि हज यात्राका लागि जान पाउने

 असार १, २०७८ मंगलबार ५:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साउदी अरबले पुरुष अभिभावक विना पनि महिलालाई हज यात्राका लागि अनुमति दिने निर्णय गरेको छ । अब हज जान इच्छुक महिलाले आफ्नो नाम छुट्टै दर्ता गराउन सक्ने साउदी अरबले जनाएको हो । तर, यसका लागि महिलाको उमेर भने १८ देखि ६५ वर्षसम्मको हुनु पर्नेछ ।

हजमा जान कोरोना विरुद्धको खोप लगाएको हुनु पर्ने, कम्तीमा पछिल्लो १४ दिनअघि खोपको दोस्रो डोज लगाएको हुनु पर्ने र कोरोना सङ्क्रमण मुक्त भएको हुनुपर्नेछ । हजका लागि आउँदो २५ गतेसम्म नाम दर्ता गराउन सकिने छ। आउँदो जुलाईमा हुने हजका लागि यसपालि ६० हजार जनालाई अनुमति दिइएको छ भने हजमा साउदी अरबका नागरिक मात्र जान पाउने छन्  ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया