गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै चीनलाई नेटोको चेतावनी

 असार १, २०७८ मंगलबार ९:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका छन् । चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै उनीहरुले चेतावनी समेत दिएका छन् । तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको  चीन आफ्ना सैनिकको आधुनिकीकरणमा पारदर्शी नरहेको पनि उनीहरुले बताएका छन् ।

ब्रसेल्समा बसेको नेटोको बैठकले रुसी सैनिकसँग चीनले सहकार्य गरेको आरोप पनि लगाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको सङ्गठन हो । कम्युनिस्ट शासनको विस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो ।

पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बीचमै सङ्गठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ । खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो । अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बैठकमा सहभागी भएका जो बाइडेनले भने ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताउनु भएको छ ।
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया