देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी, नारायणीमा चेतावनीको तह पार

 असार १, २०७८ मंगलबार १७:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लगातारको वर्षाका कारण देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी आएको छ । नारायणी, तिनाउ, गण्डकी नदीमा पानीको सतह लगातार बढ्दै  गएको छ भने अन्य खोला तथा खोल्सामा पनि बाढी आएको छ ।

नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । नारायणी नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि पुगेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बाढी, डुबान तथा नदी कटान र इच्छाकामना गाउँपालिका लगायत ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

वाग्मती, गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँका नदीमा बाढी आएको छ । यी प्रदेशमा आज राति पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । 

यस्तै लगातारकाे वर्षाका कारण पहिराे जाँदा धेरै राजमार्ग ठप्प भएका छन् । पानी परिरहेका कारण पहिराे पन्छाउन समस्या भएकाे छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया