मेलम्ची खानेपानी आयोजनाका आठ कामदार सम्पर्कविहीन

 असार २, २०७८ बुधबार २०:१०:४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयोगमा उनीहरूको खोजी भइरहेको छ । 

निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डाै र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । 

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।   

मङ्गलवार साँझ झन्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानमा रहेकाे ‘हेडवर्क्स’ भन्दा माथि परिरहेको अविरल वर्षाका कारण बाढी आएको थियो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया