जापानमा विशाल बाैद्ध प्रतिमालाई 'फेस मास्क' (भिडियाेसहित)

 असार ३, २०७८ बिहिबार १९:४५:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानमा दयाकी देवी कन्ननकाे विशाल प्रतिमाको मुखमा मास्क लगाइएको छ । कन्ननप्रति समर्पित ५७ मिटर (एक सय ८७) फीटको बौद्ध प्रतिमाको मुखमा मास्क लगाइएको हो ।

प्रतिमाको मुखमा ४ दशमलव १ बाई ५ दशमलव ३ मिटर लामो ३५ किलो तौलको मास्क लगाइएको छ । यो मास्क लगाउन चार कर्मचारीलाई तीन घण्टा लागेको खबरमा उल्लेख छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नभएसम्म प्रतिमामा लगाइएको मास्क नखोलिने स्थानीय अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मूर्तिमा रहेकी देवीले एक बच्चालाई लिएर उभिएकी छिन् । त्यहाँ बच्चा सुरक्षित जन्मियोस् भन्ने कामना गर्ने गरिन्छ भने आफ्नो नवजात शिशुका लागि आशीर्वाद माग्नेहरूको पनि भिड लाग्ने गर्दछ ।

हेर्नुहाेस् भिडियाे–

 

भिडियाे स्राेत : बीबीसी 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया