अमेरिकासँग ‘वार्ता र आमुन्नेसामुन्ने’ हुन तयार छौँ : किम जोङ

 असार ४, २०७८ शुक्रबार १३:३३:१४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताउनुभएको छ । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका लागि तयार रहन विशेष जोड दिनुभएकाे छ ।

किम जोङ उनले अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी गर्नुभएको यो पहिलो पटक हो । 

बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाली खारेज गरिदिएको थियो । किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा यस्तो बताउनुभएको हो । सत्ताधारी वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठक यही हप्ता राजधानी प्योंगयांगमा सुरु भएको थियो । 

उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनएका अनुसार किम जोङ उनले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकाको सामना गर्नका लागि विशेष रुपमा तयार रहनुपर्ने आवश्यकता भएको बताउनुभएको छ । 

कोरियाली प्रायद्वीपमा कुनै किसिमको नियन्त्रण गर्ने कोसिस गरिए उत्तर कोरियाली कडा जवाफ दिने पनि उहाँले बताउनुभयो । केही दिन अघिमात्रै किम जोङ उनले देश खाद्यान्न सङ्कटको सामना गरिरहेको बताउनुभएको थियो । 

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग किम जोङ उनको सम्बन्ध सुरुवातदेखि नै राम्रो रहेको छैन । अमेरिकी चुनावअघि बाइडेनले किम जोङलाई ‘थग’ (बदमास) भनेर सम्बोधन गर्नुभएको थियो । र बाइडेनको शपथ ग्रहण समारोहको एक दिनअघि उत्तर कोरियाले शक्ति प्रदर्शनका लागि नयाँ मिसाइलसँगै सैन्य परेड निकालेको थियो । 

अप्रिल महिनामा बाइडेनले उत्तर कोरियालाई विश्वको सुरक्षाका लागि गम्भीर खतरा भएको संज्ञा दिनुभएको थियो । उत्तर कोरियाले यस विषयमा कडा आपत्ति जनाएको थियो र बाइडेन आफूप्रति शत्रुताको नीति अपनाइ राख्न चाहन्छन् भनेको थियो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया