यसकारण मेलम्चीमा बाढी आयो

 असार ५, २०७८ शनिबार १८:५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ । हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारण बारे आज सूचना निकालेर जानकारी गराएको हो ।

वडा नम्बर १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ । विज्ञ डा.रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भागमा पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको हो ।

चौरको ७५ प्रतिशत मध्ये कति भागमा पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत सूचनामार्फत आग्रह गरिएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया