उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
पाँचथर – कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर एक शिक्षककाे ज्यान गएको छ ।
याङवरक गाँउपालिका २ फलैचामा रहेकाे इन्द्रावती प्राविमा पढाउने ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको सोमवार बिहान ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।
चार जनाले कुलो सोरिरहेका बेला माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । उहाँको घटनास्थलमै ज्यान गएकाे हाे ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।