अफगानिस्तानमा तालिवानको आक्रमण बढ्दो, ५० भन्दा धेरै जिल्ला कब्जामा

 असार ९, २०७८ बुधबार ८:१७:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ ।

तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ । राष्ट्र संघका अनुसार गएको मे महिना यता मात्रै ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ । यसले अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको खबरमा उल्लेख छ । तालिवानले ठाउँ ठाउँमा बारुदी सुरुङ बिछ्याएका बीबीसीले जनाएको छ ।

शान्ति वार्ताको प्रयास भइरहे पनि तालिवान वार्ताका लागि इच्छुक नदेखिएको राष्ट्र संघको भनाइ छ । अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखदेखि आफ्नो सेनालाई फर्काउने तयारी गरेको छ । अफगानिस्तानमा विद्रोहीको आक्रमणका कारण पोलियो थोपा खुवाउने अभियानसमेत प्रभावित छ । स्वास्थ्यकर्मीको हत्या हुन थालेपछि खोप अभियान प्रभावित भएको हो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया