मर्स्याङ्दी नदीमा फेरि बाढी, पुल र विद्यालय भवन जोखिममा

 असार ९, २०७८ बुधबार १३:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मर्स्याङ्दी नदीमा मङ्गलवार (हिजाे) राति फेरि बाढी आएको छ । बाढीले चामे गाउँपालिकामा रहेको पुल र लोकप्रिय माविको भवन भत्काउने खतरा बढेको छ ।

यसअघिको बाढीले पुल भत्काउने खतरा बढेपछि सशस्त्र प्रहरीले मुढाहरू काटेर बाढी पन्छाएको थियो । हिजो फेरि बाढी आएपछि पुल भत्कने खतरा बढेको तर आफूहरूले भत्कन नदिनका लागि सक्दो प्रयास गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्मका गुल्मपति होमनाथ पन्थीले उज्यालोलाई बताउनुभयो ।

लोकप्रिय माविमा रहेका सबै सामान पनि सुरक्षित ठाउँमा सारिएको उहाँले जानकारी दिनुभयो । यस वर्ष मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकमा जस्तै मनाङमा पनि बाढीले ठूलो क्षति पुर्‍याएकाे छ ।

तस्बिर साैजन्य : हाेमनाथ पन्थी

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया