ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – हङकङमा प्रजातन्त्रको पक्षमा वकालत गर्ने 'एप्पल डेली' पत्रिका बन्द हुने भएको छ । राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको भन्दै सरकारी धरपकड बेहोर्दै आएको कम्पनीको बोर्डले आउँदो शनिवार अन्तिम अङ्क प्रकाशन गरेर पत्रिका बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।
हङकङ सरकारले गएको हप्ता एप्पल डेलीसँग जोडिएका तीन वटा कम्पनीको २३ लाख अमेरिकी डलर बराबरको रकम फ्रिज गरेकाे थिए । बैंकहरूले आफूहरूको खातामा रहेको पैसा दिन अस्वीकार गरेकाले पत्रिका बन्द गर्नुपर्ने अवस्था आएको पत्रिकाका संस्थापक जिमी लाईका सल्लाहकार मार्क सिमोनले बताउनुभएको छ ।
एप्पल डेली चीनप्रति आलोचनात्मक रहेकाले सरकारी निसानामा परेको हो । गएको बिहीवार हङकङका सुरक्षाकर्मीले एप्पल डेलीको कार्यालयमा छापा मारेर प्रधान सम्पादकसहित पाँच जनालाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो ।
एप्पल डेलीका मालिक मुगल जिमीलाई जेलमा हुनुहुन्छ । गएको वर्ष चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि त्यसको विरोध गर्ने सञ्चारकर्मीलगायत अभियन्ताहरू पक्राउ परेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।