मनाङमा थुनिएको मर्स्याङ्दी नदी अझै खुलेन

 असार १०, २०७८ बिहिबार ७:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनाङकाे चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै पनि खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो ।

अहिले पुल माथिबाट नदी बगिरहेको छ भने आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ । पुलमा नदी थुनिँदा पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ र वडा नम्बर चारको चामे बजार जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । डोजर लगाएर नदीको अवरोध हटाउने प्रयास भए पनि पानीको बहाव बढी भएकोले सम्भव नभएको डीएसपी खड्काले बताउनुभयो ।

लेकाली क्षेत्रमा पानी परेकोले मर्स्याङ्दी नदी तथा चामे बजारमा रहेको ठाडो खोलामा पनि पानीको सतह बढीरहेको र यसले चामे बजारसहित तल्लो क्षेत्रमा जोखिम रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया