हङकङकाे प्रजातन्त्र समर्थक पत्रिकाकाे ‘पीडादायी बिदाइ’

 असार १०, २०७८ बिहीबार १८:४१:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हङकङबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका 'एप्पल डेली' बन्द भएको छ । प्रजातन्त्र पक्षधर मानिएको पत्रिका हङकङ सरकारको दमनका कारण बन्द भएको बीबीसीले जनाएको छ । 

आज निकालिएको अन्तिम अङ्कको पहिलो पृष्ठमा कर्मचारीहरूले बिदाइको हात हल्लाउँदै गरेको तस्बिर छापिएको छ । पत्रिकालाई बिदाइ गर्न बुधवार हिजाे राति हजारौँ मानिस पत्रिकाको कार्यालय अगाडि भेला भएका बीबीसीले जनाएको छ । पत्रिकाले अन्तिम अङ्कको १० लाख प्रति छपाएको बताएको छ । 

पत्रिकाको कार्यालयमा गएको हप्ता हङकङका अधिकारीहरूले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको अधिकारीहरूले दाबी गरेका छन् । 

सन् २०१९ मा हङकङमा भएको सरकार विरोधी आन्दोलनमा सहभागी भएका पत्रिकाका मालिक जिम्मी लाई केही समयअघि हङकङमा लागू भएको राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नुभएको छ । लाईको सम्पत्ति जफत गरेर १४ महिना जेल सजाय सुनाइएको छ । 

पत्रिकाको सबै बैंक खाता सरकारले यसअघि नै रोक्का गरिसकेको छ । एप्पल डेलीका साथै नेक्स्ट म्यागजिन र डिजिटल संस्करण पनि बन्द गरिएको कम्पनीले जनाएको छ । अनलाइन संस्करणमा पत्रिका बन्द गरिएको सूचना मात्रै राखिएको छ । पुराना सामग्री पनि हटाइएको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया