अमेरिकी नागरिक फ्लोइडको हत्यामा संलग्न पूर्व प्रहरी चोभनलाई साढे २२ वर्षको जेल सजाय

 असार १२, २०७८ शनिबार ९:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको हत्यामा दोषी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष मिनेशोटा राज्यको मिनियापोलसमा भएको घटनाको बारेमा १४ दिनको सुनुवाइमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि पूर्व प्रहरी डेरेक चोभनलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

चोभनलाई हिंसात्मक आपराधिक रुपमा दर्ता गरेर जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ । अश्वेत अमेरिकी जर्ज फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले ९ मिनेटसम्म घाँटी थिच्दा उनकाे ज्यान गएको थियो । फ्लोइडको ज्यान गएपछि अमेरिकासहित विश्वका विभिन्न दशेमा रङ्गभेदविरोधी प्रदर्शन भएको थियो ।

फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् । राष्ट्रपति जो बाइडेनले सजाय पर्याप्त देखिएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया