नेपाल–चीन रेलमार्ग सगरमाथा क्षेत्र हुँदै बनाउन प्रस्ताव

 असार १२, २०७८ शनिबार १७:३९:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – प्रस्तावित नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ । नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै भूमिगत सुरूङ निर्माण गरेर नेपालमा रेल लैजान सुझाव दिएको चीनबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रस्तावित रेल मार्ग विभिन्न संरक्षित वन्यजन्तुको बासस्थान रहेको क्षेत्र हो । तर त्यो भाग नेपालतर्फ भने नपर्ने खबरमा उल्लेख छ । रेलमार्ग निर्माणको लागि आठ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको छ । रेलवे स्टान्डर्ड डिजाइनमा गएको बुधबार प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार रेलमार्गको ३० किलोमिटर दुरी सगरमाथा क्षेत्र हुँदै जानेछ ।

सगरमाथा क्षेत्रमा भने रेलमार्ग पूर्णरुपमा जमिनमुनि हुने जनाइएको छ । दुई देशको सीमा क्षेत्रमा विस्तार गरिने एक हजार किलोमिटरसम्मको रेल मार्गका लागि ६ रुट प्रस्ताव गरिएको छ । प्रस्तावित रुटमध्ये सगरमाथा क्षेत्र हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

अरु मार्ग निकै लामो, खर्चिलो र भौगोलिक रुपमा कठिन हुने बताइएको छ । सगरमाथा क्षेत्र हुँदै जाने रेलमार्गले नेपालको काठमाण्डाैबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । चीन र नेपालबीच दुई देशलाई जोड्ने रेल मार्ग बनाउने सम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो । यो रेलमार्ग चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतको हो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया